२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगन्ज भन्सारको राजस्व घट्दै तस्करहरु संगको चलखेल धेरै?

Logo
प्रकाशित सोमबार, जेठ २३, २०७९

(ABC=SANCHAR)
बाँके । नेपालगन्ज भन्सार कार्यालयले आफ्नो लक्ष्य अनुसार राजश्व संकलनमा असफल हुँदै गएको छ । भन्सारले मासिक रुपमा निर्धारण गरेको लक्ष्य चालु आर्थिक बर्षमा हासिल गर्न नसकिरहेको अवस्थामा बार्षिक लक्ष्य पूरा गर्न निकै चुनौतिपूर्ण हुने देखिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि २५ अर्ब २१ करोड बढी राजश्व संकलनको लक्ष्य पाएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक बर्षको १० महिनामा १८ अर्ब ८२ करोड ९४ लाख संकलन भएको छ । तर, १० महिनामा भन्सार संकलनको लक्ष्य भने २० अर्ब ७३ करोड ४४ लाख ९१ हजार राखिएको थियो । १० महिनामा निर्धारित लक्ष्य भन्दा करिब २ अर्ब कम भन्सार राजश्व संकलन भएको छ ।

चालु आर्थिक बर्षको साउन र असार बाहेक कुनै पनि महिना निर्धारित लक्ष्य अनुसार भन्सार राजश्व संकलन नभएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक रहेको छ । बैशाखसम्म निर्धारित लक्ष्यको कुल ९०.८२ प्रतिशत राजश्व संकलन भएको छ ।

चालु आर्थिक बर्षको साउनमा भने भन्सार राजश्व संकलन उत्साहजनक थियो । साउनमा निर्धारित लक्ष्यको १ सय ३१ प्रतिशत बढी राजश्व संकलन भएको थियो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, भदौमा निर्धारित लक्ष्यको ९३.६८ प्रतिशत, असोजमा निर्धारित लक्ष्यको १०१.३ प्रतिशत, कार्तिकमा ९०.६३ प्रतिशत, मंसिरमा ९६.९८ प्रतिशत, पुसमा ८४.०८ प्रतिशत, माघमा ७७.३० प्रतिशत, फाल्गुणमा ८९.७४ प्रतिशत, चैत्रमा ७९.१६, बैशाखमा ७६.७६ प्रतिशत भन्सार राजश्व संकलन भएको थियो ।

पछिल्ला महिनामा विदेशी सञ्जित मुद्रा संञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्न विभिन्न कदम चालेको थियो । जसको प्रभाव भन्सार राजश्व संकलनमा परेको बताइन्छ ।

पुनस्र्थापना भएनन् छोटी भन्सार

मौलाउँदै तस्करी

कुनै बेला बाँकेका भित्री गाउँहरुमा सात वटा छोटी भन्सारहरु रहेका थिए । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार द्वन्द्वका बेला हटाएपछि पुनः स्थापना भएका छैनन् । जसले गर्दा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको छ ।

प्रहरी र सीमा सुरक्षा बलको गस्ती सीमा जोडिएका स्थानमा देखिन्छन् । तर, उनीहरुले सुरक्षा चेकजाँच गर्ने बाहेक भन्सार छली रोकेको पाइँदैन । भारतीय बाटो मोटरसाइकल, साइकलमा दैनिक मालसामान भित्रिने गरेको नरैनापुर गाउँपालिका वडा नं. २ का एक स्थानीयले भने । ‘मालसामान आउँछ, चेकजाँच हुन्छ तर भन्सार गर्नु पर्र्दैन’, स्थानीय भन्छन्, ‘भन्सार गर्न चाहे पनि कहाँ गर्ने, भन्सारकै लागि ४० किलोमिटर टाढा नेपालगन्ज पुग्न सकिंदैन ।’बाँकेको सुइया बगौडा स्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ, साइगाउँ पश्चिम तर्फको उढरापुरमा छोटी भन्सार रहेका थिए । कतिपय छोटी भन्सार कार्यालयका आफ्ना भवन समेत रहेका थिए । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, अहिले भौतिक संरचनाहरु काम नलाग्ने भएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा रहेका छन् ।

छोटी भन्सारबाट ठूलो परिणाममा राजश्व असुलीको व्यवस्था नभएकाले ठूला सामानहरु मुख्य नाकाबाट आउने गरेको बताए । ‘पाँच हजारसम्म राजश्व असुलीका सामान छोटी भन्सारबाट आउने गरेका हुन्’, भन्सार अधिकारी भन्छन्, ‘भित्री नाका निगरानीमा सुरक्षाकर्मीहरु तैनाथ हुनुहुन्छ, उहाँहरुको भरमा अवैध मालसामान भित्रिन रोकिने गरेको छ ।’

बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । अन्य ठाउँहरुमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेको छ । जसले गर्दा भन्सार छली निकै हुने गरेको छ । प्रहरीले त्यसको न्यून परिणाम मात्रै समात्ने गरेको छ । बाँकेका सीमावर्ती गाउँ पुग्ने हो भने दैनिक साइकल तथा मोटरसाइकलमा मालसामान भारतबाट निर्बाध रुपमा बिना भन्सार भित्र्याइरहेको पाइन्छ ।

छोटी भन्सार सञ्चालनको पहल र प्रयास नभएका होइनन् । यसअघि सरकारले नीति तथा कार्यक्रममा पनि छोटी भन्सार सञ्चालन गर्ने उल्लेख गरेको बर्षौ बितेपनि कार्यान्वयनमा भने आएको छैन । दैनिक-नेपालगन्जबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]