२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दियामा बाघलाई नियन्त्रणमा लिनुपर्ने भन्दै प्रदर्शनमा गोली चल्यो १ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

(ABC=SANCHAR)
बर्दिया । आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा झडप भएको छ । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको छ ।
झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको पुष्टि गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने– ‘मृतकलाई प्रहरीको गोली लागेको पुष्टि भएको छैन ।’

सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मिताको नेपालगञ्जमा उपचार हुँदैछ । प्रदर्शनको क्रममा ज्यान गुमाएकी नविनाको शव गुलरिया अस्पतालमा राखिएको छ । उनको टाउकोमा चोट लागेको छ । पोष्टमार्टम गरेपछि मात्र उनको मृत्युको कारण थाहा हुने प्रजिअ बास्तोलाले बताए ।

मधुवन नगरपालिकामा दुई साताअघि पनि एकजना स्थानीयलाई बाघले आक्रमण गरेको थियो । लगातार बाघको आक्रमण भएपछि स्थानीयले बाघ नियन्त्रण गर्न माग राखेर आन्दोलन गरेका हुन् । लगातार राजमार्ग बन्द गरेपछि प्रहरीले हवाई फायर गरेको प्रजिअले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]