२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न आज पनि अवरोध गर्दै

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि अवरोध गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै हिजो (मंगलबार) पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।

सम्बन्धित समाचार : बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर लगिँदै

गत १४ जेठदेखि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका सहरबाट फोहोर उठाइएको छैन ।

सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!