२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

गृहमन्त्री खाँड र नेकपा प्रबक्ता प्रकाण्ड बीच भेटघात बन्दी रिहाइ तत्काल गर्न माग

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाँड र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका सहसचिव फणिन्द्र्मणी पोख्रेलपनि सहभागी थिए ।

अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरूको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूलाई नियमित भेट्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!