२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

गोलीकाण्ड राजापुरका डीएसपी सुवेदी जिल्ला तानिए सापकोटाले पाए जिम्मेवारी

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

(सागर थापा)
बर्दिया । मधुवन नगरपालिका २ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय,राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन् ।

उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो । चौतर्फी दबाबपछि डीएसपी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रबहादुर शाहीले डीएसपी सुवेदीलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय झिकाएको बताए ।
गृह मन्त्रालयबाट गठन भएको छानबिन टोली बुधबार बर्दिया आउने एसपी शाहीले बताए । ईलाका प्रहरी कार्यालय,राजापुरमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रबक्ता डीएसपी प्रकाश सापकोटालाई जिम्मेवारी दिएर खटाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।