२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

बर्दियामा मृतक नवीना थारूको सालिक बनाइने, यस्ता छन सहमतिका बुँदाहरु

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

(ABC=SANCHAR)
बर्दिया । मधुवनमा वन्यजन्तुबाट पीडितहरूले गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, पीडित परिवार, मधुवन नगरप्रमुख तेजबहादुर भाट, जिल्लाका सम्पुर्ण दलका नेता तथा जनप्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु लगायत सुरक्षा अधिकारीहरु सम्मीलित सर्वपक्षीय बैठकमा सहमति भएपछि आन्दोलन तथा चक्काजामका कार्यक्रमहरू आन्दोलनकारीहरुले फिर्ता लिएका हुन ।

अहिले मधुवनको स्थिति सामान्य भएको छ भने बाटो खुलेको छ । घटनास्थल सामान्य रहेको तथा बजार खुलेको ओराली बजारका युवा व्यवसायी श्रीधर भट्टराईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “अहिले स्थिती र माहोल सामान्य भएको छ । बजार खुलेको छ । आन्दोलित स्थानीय घर फर्किसकेका छन ।”

सर्वपक्षीय-सर्वदलीय सहमति अनुसार मधुवन नगरपालिकाका तर्फबाट नगरप्रमुख तेज बहादुर भाटले प्रहरीको गोली लागि ज्यान गुमाउनु भएकी मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना थारू (चौधरी)को परिवारलाई स्थानीय सरकारको तर्फबाट एक लाख रुपैँया सहयोग हस्तान्तरण गर्नुभएको छ ।

मधुवन नगर प्रमुख भाटले पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । त्यस्तै उहाँले मृतक नवीना थारू (चौधरी)को सालिक घटना भएको ठाउँ नजिक राखिने निर्णय भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पीडित परिवार, आन्दोलित स्थानीयसंग सहमति भएको बताउनुभयो । उहाँले सहमतिमा उल्लेख भए अनुसार सम्पुर्ण कुराहरु केन्द्र सरकारलाई लेखी पठाइएको बताउनुभयो ।

सोमबारदेखि वन्यजन्तु पीडितहरूले प्रदर्शन गर्दै राजापुर- नेपालगन्ज हुलाकी सडक अन्तर्गतको ओराली बजार क्षेत्रको सडक तथा बजार बन्द गराएका थिए ।

सडक खुलाउन गएको प्रहरी र आन्दोलित वन्यजन्तु पीडितका बिचमा झडप हुँदा गोली लागि मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको थियो भने मधुवन-२ सोनाहा फाटाका राकेश चौधरी घाइते हुनुभएको थियो ।यस्ता छन सहमतिका बुँदाहरु

१- मृतक नवीना थारू (चौधरी)को सालिक घटना घटेको ठाउँ ओराली बजार क्षेत्रको उपयुक्त ठाउँमा राख्ने । यसका लागि स्थानीय सरकारले पहल गर्ने ।

२- मृतक नवीना थारू (चौधरी)को परिवारलाई रु २० लाख क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार गृहमन्त्रालयलाई अनुरोध गर्ने ।

३- मृतक नवीना थारू (चौधरी)लाई सहिद घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

४- घाइते राकेश थारूको सम्पुर्ण उपचार खर्च व्यहोर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

५- घाइते राकेश थारू शारीरिक रुपमा अपांग हुन गएमा सरकारको तर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

६- मधुवन नगरपालिका वडा नं १, मध्यवर्ती क्षेत्र, वडा नं २,३,४ र ५ को मानव वस्तीलाई सुरक्षीत गर्न २० किलोमीटर सम्मको फेन्सिङ्ग तारवार/ कंक्रीट बाल लगायतका सुरक्षा कार्यहरू यहि आर्थिक वर्षमा तत्काल सुरु गरिदिन डिभिजन वन कार्यालय बर्दिया मार्फत वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।- बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएकाले राष्ट्रिय निकुञ्जले कति संख्यामा बाघ लगायत जंगली जनावरहरु राख्न सक्छ ? वन, वन्यजन्तु, मानवबिचको द्वन्द स्थायी रुपमा न्युनिकरण गर्न प्राबिधिक टोली गठन गरि अध्यन गरिदिन नेपाल सरकार बन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।

८- मानव माथी आक्रमण गर्ने बाघको पहिचान गरि स्थानान्तरण गरिदिन नेपाल सरकार बन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।

९- गोली लागी मृत्यु भएकी नवीना थारू (चौधरी)लाई स्थानीय सरकारका तर्फबाट मधुवन नगरपालिकाले एक लाख सहयोग प्रदान गर्ने नगर प्रमुख तेज बहादुर भाटको घोषणलाई धन्यवाद सहित समर्थन गर्ने ।

१०- २०७९/२/१० गते बाघको आक्रमणमा परि मृत्यु हुनुभएकी मधुवन नगरपालिका वडा नम्बर -२ निवासी ५४ वर्षीया कौसी देवी पालको परिवारका लागि जनता आवास कार्यक्रम मार्फत आवासको व्यवस्था गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

११- आज बाट पीडित पक्षले गर्दै आएको बन्द लगायतका बिरोधका कार्यक्रमहरू अन्त्य गर्ने ।

१२ – मृतकको गुलरिया अस्पतालमा रहेको शव आफन्तको रोहवरमा पोस्टमार्टम गरि आफन्तले बुझ्ने र रितिरिवाज अनुसार दाहसंस्कार गर्ने ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको नेतृत्वमा बसेको वार्ता/बैठकले उक्त निर्णयहरू गरेको हो ।

उक्त वार्ता/बैठकमा प्रतिनिधि सभा सांसद सन्त कुमार थारू, मधुवन नगरप्रमुख तेज बहादुर भाट, प्रहरी डिआइजी नल प्रसाद उपाध्याय, सशस्त्र डिआइजी कुल बहादुर नेम्वाङ, बन्यजन्तु प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु, विभिन्न दलका नेताहरु, पीडित परिवारका सदस्यहरु, स्थानीय थारू बढघरका अगुवा लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!