२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

एआईजी पोखरेललाई तत्काल हाजिर हुन हेट क्वाटरको पत्र काममा फर्कने कि राजीनामा दिने चुनौती

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै घर बिदामा बसेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई तत्काल हाजिर हुन प्रहरी प्रधान कार्यालयले पत्र पठाएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बिदामा बसेका एआईजी पोखरेलको बिदा सकिएकाले कार्यालयमा हाजिर हुन पत्र पठाएको छ।

बुधबार नै थप १० दिनको बिदा माग गर्दै एआइजी पोखरेलले निवेदन दिएका थिए। तर, उक्त निवेदन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्।

आइजी बढुवामा असन्तुष्टि जनाएका एआइजी पोखरेल घर बिदा लिएर निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश दिन मानेन भने उनको मुद्दाको सुनुवाइ जेठ ३० गतेका लागि तोकिएको छ।

प्रदेश समन्वय विभागमा सरुवा गरिएका पोखरेलले आइजीपीमा सिंहलाई नियुक्ति दिएकोमा सर्वोच्च अदालतमा रिट दायर गरिएका थिए । त्यसको फैसला आउन बाँकी छ ।

रिटमा पोखरेलले आफूलाई वरिष्ठताका आधारमा आइजीपी नियुक्तिको आदेश दिनुपर्ने जिकिर गरेका छन् । उनलाई अब यही रिटको भर छ ।

एआइजीमा उमेरहदले ५६ वर्ष कटेपछि पोखरेल साउनमा स्वतः सेवानिवृत्त हुनेछन् । यसकारण उनका लागि साउन अगावै फैसला पक्षमा आओस् भन्ने छ ।

बिदा अस्वीकृत भएपछि पोखरेलले सरुवा पत्र बुझेर हाजिर हुनुपर्नेछ । अन्यथा उनले राजीनामा दिनुपर्ने हुन्छ । हाजीर पनि नहुने र राजीनामा पनि नदिने भएमा कारबाहीमा पर्न सक्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!