२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

दाङमा आफ्नै छोरीको हत्या गर्ने १५ वर्षीया आमा पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९


ABC (क्राईमबिट)
दाङ । उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

एसपी काफ्लेका अनुसार छोरी रोएपछि आमाले स्तनपान गराउन थालिन तर बच्चाको रुने क्रम नरोकिए पछि आबेगमा आएर आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको उनले बयान दिएको एसपी काफ्लेले बताएका छन ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ वर्षिय आमाले जन्माएको १६ दिनको शिशुको आज बिहान घर पछाडि रहेको सेप्टी ट्यांकी भित्र मृत अवस्थामा फेला परेको थियो । शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

जलेश्वर (महोत्तरी)। भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग […]

error: Content is protected !!