२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

उपभोक्ता संरक्षण विभागले १२ सय फर्म लाई कारबाही १ करोड ५० लाख बढी जरिवाना

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा १२०१ फर्मलाई कारबाही गरेको छ ।

कारबाहीबाट एक करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना संकलन भएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।

चालु आवको हालसम्म २ हजार ७ सय १३ फर्ममा अनुगमन गर्दा १२ सय एक फर्मलाई कारबाही गरिएको शर्माले बताए । शर्माकाअनुसार जेठ महिनाको २५ गतेसम्म २७६ फर्मलाई कारबाही गरिएको छ । सो कारबाहीबाट १६ लाख रुपैयाँ संकलन भएको उनले बताए । उनका अनुसार वैशाख महिनामा ३०२ फर्म कारबाहीमा पर्दा १६ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ ।

२०७८ को चैत्र महिनामा विभिन्न १५१ फर्मलाई अनुगमन गरी २१ लाख ४० हजार र फागुन मसान्तसम्म विभिन्न एक हजार ९७९ फर्महरूलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिए ।

विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरूसहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताए ।

‘विभिन्न समस्याका बाबजुद विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रूपले बढेको छ,’ शर्माले भने, ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।’

शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रूपमा समेत अनुगमन भइरहेकोले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!