२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

इस्लाम धर्मका विरुद्ध फेसबुकमा अभिव्यक्ति दिने जालानलाई कारवाहीको मागसहित सिडिओलाई ज्ञापनपत्र

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज, इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा आज बिरोध प्रर्दशन गरिएको छ ।नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ती दिएपछि त्यसका विरुद्धमा मुस्लिम समुदायले प्रदर्शन गर्दै प्रशासनलाई कडा कारवाही गरियोस् भन्देैँ आज बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथी प्रश्न खडा गरी भारतमा भईरहेको विवादलाई नेपालमा समेत गराउने उदेश्यले सामाजिक सञ्जालमा स्टाटस लेखेकोले भन्दैँ उनिमाथी कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हुन् । उक्त ज्ञापनपत्रमा जालानलाई अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्ने, बाँकेमा हिंसा र घृणाको चक्र सिर्जना हुन नदिन सदभाव समितिको बैठक बसेर समाधानको विकल्प तयार पारिनु पर्ने लगायतका माग राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले सद्भाव कायम गर्ने सवालमा आफुहरु गम्भीर रहेकाले घटनाबारे बुझेर निकास निकालिने र धार्मिक सदभाव बिग्रने प्रवृत्ति बोकेका पात्रहरुलाइ तुरुन्त कानूनी दायारामा ल्याएर कार्वाही गरिने बताए ।

केही महिना अगाडी भारतको उत्तर प्रदेश बिजेपी पार्टीकी प्रवक्ता निपुर शर्मा नामकी महिला नेतृले मुस्लिम समुदायको धर्म आस्थाको धरोहर माथी खलल पुर्याउने अभिव्यक्ती दिएको कारण देशबिदेशका मुस्लिम समुदायले चौतर्फी बिरोध प्रदर्शन गरिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।