२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट ५ बर्षको बालकको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ ०१, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट पाँच वर्षका सुप्रिम रिलामीको मृत्यु भएको छ । मंगलबार घरको आँगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।

बालकको शव चितुवाले चिथोरेको अवस्थामा घर नजिकै छपेली सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।

चितुवाले बालकको घाँटीमा चिथोरेको थियो। पछिल्लो समय तनहुँमा फेरि चितुवाको आतङ्क बढेको छ।

गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर वडा नम्बर १ र ४ मा दुई जना घाइते भएका थिए।

२०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाइसकेका छन्।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवा नियन्त्रण गर्न खोरसमेत राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!