२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरकारको मापदण्ड संशोधन क्रसर उद्योगहरु बस्ती नजिक आउने बाटो खोलेयो

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९


(ABC=SANCHAR)
काठमाडौं । सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गरेको छ । नदीमा उत्खनन गर्न थप सहज वातावरण बनाउने र क्रसर उद्योगहरु चलाउन थप सुविधा दिने गरी मापदण्ड नै संशोधन गरेको हो ।

२२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले मापदण्ड संशोधनको प्रस्ताव स्वीकृत गरेको हो । संशोधित मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गर्दै कार्यान्वयन गर्न भनेको छ ।

मापदण्डले क्रसर उद्योगहरु अझै बस्ती नजिक आउने बाटो खोलेको छ । नदीजन्य पदार्थको उत्खनन पनि बस्ती नजिकसम्म नै गर्न पाइने भएको छ ।

५ मंसिर २०७७ मा जारी गरेको मापदण्डले घनाबस्ती र वनक्षेत्रको दुई किलोमिटर, राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी, सडक तथा पुलको एक किलोमिटर तल र पाँचसय मिटर माथिको नदीजन्य पदार्थको उत्खनन् गर्न रोक लगाएको थियो ।

तर, नयाँ संशोधनले घना बस्तीमा तराई क्षेत्रमा १ किलोमिटरमै उत्खनन गर्न दिने बाटो खोलेको छ । पहाडी क्षेत्रमा ५ सय मिटर बाहिर नदीजन्य पदार्थको उत्खनन गर्न पाउने बनाएको छ । यस्तै तराई क्षेत्रमा राजमार्गको पाँच सय मिटर र पहाडी क्षेत्रमामा २ सय मिटर दूरी बाहिर नदीजन्य पदार्थ उत्खनन गर्न पाउने व्यवस्था गरिएको छ ।

अब वन क्षेत्रबाटै पनि उत्खनन गर्न सक्नेगरी सरकारले मापदण्ड आएएको छ । यसअघि वनबाट २ किलोमिटर दूरीसम्म उत्खनन गर्न नपाइने व्यवस्था थियो । अब ५ सय मिटरको दूरीसम्म नै उत्खनन गर्न पाइने भएको छ ।

लोकामर्गबाट ३०० मिटर, खोला किनरबाट २०० किलोमिटर र पुलबाट ५०० मिटर छोडेर उद्योग सञ्चालन गर्न नयाँ मापदण्डले बाटो खोलेको छ ।

यस्तै प्रसारणलाइनको पोलबाट हुनुपर्ने दूरी पनि एक सय मिटर मात्रै काम गरिएको छ । यसअघि प्रसराण्रलाइनबाट २ सय मिटर टाढा मात्रै नदीजन्य पदार्थको उत्खनन गर्न पाइने व्यवस्था थियो ।

अन्तर्राष्ट्रिय सीमाबाट कायम गर्नुपर्ने दूरी पनि घटेको छ । यसअघि २ किलोमिटर टाढा हुनुपर्ने थियो भने अहिले १ किलोमिटर मात्रै कायम भएको छ ।

यसअघिको मापदण्डले सम्बन्धित पालिकाले
ठेक्कामार्फत बिक्री गर्ने बन्दोबस्त मिलाउने उल्लेख थियो । संशोधित मापदण्डमा भनिएको छ, ‘पालिकाहरुले ड्याम वा तटबन्धन निर्माण गरेर उन्नत प्रविधिद्वारा रिभर माइनिङ र बालुवा प्रशोधन गर्ने, विक्री कार्य सार्वजनिक निजी साझेदारीमा गर्न सक्ने छन् ।’ठूलो विपत्ति आउँछ : पर्यारवरण संरक्षणविद्

संशोधित मापदण्डले समग्र वातावरणीय पक्षमा नै खतरा बढाको पर्यावरणविद् डा. विनोद भट्ट बताउँछन् । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डको पहिलो संशोधन २०७९ मा वनक्षेत्र र घनाबस्ती क्षेत्रबाट नजिकै उत्खनन गर्न सक्ने व्यवस्था संशोधन गरेर ल्याउन दुःखद् भएको बताए ।

‘अहिले भइरहेको उत्खनन त सरकारले नियमसंगत गर्न सकिरहेको छैन, झन् सहज बनाएपछि उचित ढंगले उत्खनन नभएमा निकट भविष्यमा नै ठूलो विपत्तिको सामाना गर्नुपर्छ’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।

उनले संवेदनशील क्षेत्रमा हुने उत्खननलाई थप छुट दिने जायज नभएको बताए । ‘भविष्यमा यसको क्षतिको जिम्मा कसले लिन्छ ?’, भट्टले भने, ‘सरकारले कस्तो अध्ययन गरेर यस्तो मापदण्ड ल्यायो, आधार के हो ?’ उनले सरकालाई प्रश्न गरे ।

प्राकृतिक स्रोत साधनको उपयोग गर्नु गलत नभए सबै पर्यावरणीय संरचनालाई नै हानी गर्ने गरी सरकारले ल्याएको मापदण्ड खेदजनक भएको उनको उनको टिप्पणी छ ।

‘सरकारले मापदण्ड संशोधन गरेर नदीजन्य पदार्थको उत्खननलाई बस्ती, वन, राजमार्ग छेउमै ल्याउन खोज्नु ठूलो खतरा हो’ भट्टले प्रष्ट पारे । हेर्नुस् पुर्ण:पाठ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।