२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

काठमाडौंमा अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । सवारी चालक अनुमति पत्रका लागि परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका हुन्। उनी थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिन गएका थिए। यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट खड्का पक्राउ परेका हुन्।

उनीमाथि मुलुकी अपराध संहिता ऐन,२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थपेर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।