२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

एआईजी पोखरेलको दोस्रो पटक पेस गरेको बिदा आईजिपी सिंहले अस्वीकृत गरे

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ ।

असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए ।

प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’

जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थिए । पहिलोपटक बिदा अस्वीकृत भएको १५ दिनपछि ‘हाजिर हुन आउने’ जानकारी दिनुपर्ने प्रहरी नियमावलीमा व्यवस्था छ ।

सरकारले वैशाख १८ मा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि ३० दिनको बिदा लिएका थिए । आईजीपी बढुवा विरुद्ध पोखरेलले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ ।

मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १३ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।

२०७७ मङ्सिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । पोखरेलले आफू १६ महिना सिनियर भएको हुनाले सरकारले वरीयता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको जिकिर गर्दै आएका छन् ।

आईजीपीले पहिलोपटक बिदा अस्वीकृत गरेपछि पोखरेलले मुद्दाको टुङ्गो नलागेसम्म ‘हाजिर हुन नजाने’ बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!