२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कमजोर देखिएका अछामका डिएसपी थपलिया तानिए डाँगीले पाए जिम्मेवारी

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । कमाण्डमा कमजोर देखिएका अछामका डिएसपी रविराज थपलियालाई प्रहरी प्रधान कार्यालयले हटाएको छ । थपलियालाई जिल्ला इन्चार्जको जिम्मेवारीबाट हटाएर डिएसपी नारायण डाँगीलाई पठाइएको छ । डिएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए ।

पञ्चदेवल विनायक नगरपालिका–४ का युवक विनोद शाहीको मृत्युपछि अछाम अशान्त बन्दै आएको छ । भिरबाट लडेको अवस्थामा उनको शव गत २१ जेठमा भेटिएको थियो । परिवारले उनको हत्या भएको आरोप लगाउँदै आएको छ । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)बाट टोली खटिएको छ । तीन साता हुन लाग्दा पनि घटनाको अनुसन्धान टुंगिएको छैन । डिएपी थपलियाले राम्रो काम गर्न नसक्दा स्थानीय प्रहरीमाथि आक्रोशित बनेका थिए । कमाण्ड राम्रो नभएको आधारमा डिएसपी थपलियालाई हटाएर डाँगीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थपलियाको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ ।

कमाण्डमा लापरबाही गर्ने जिल्ला इन्चार्जलाई पनि प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको छ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।