२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

कर्मचारी सरुवा गर्न १५ लाखसम्मको बार्गेनिङ !

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


ABC-SANCHAR
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् ।

मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न आउनेसँग ‘बार्गेनिङ’ गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार देशभरका अधिकांश स्थानीय तहले गत १० असारसम्म नीति तथा कार्यक्रम र बजेट ल्याइसकेका छन् । यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गृहकार्य थालेको छ ।

यससँगै मन्त्रीका निजी सचिवालयका कर्मचारीले थप सक्रियता बढाउन थालेका छन् । मन्त्री श्रेष्ठको निजी सचिवालयमा कार्यरत राजाराम तण्डुकार, सुरज महर्जन र दिलिप पटेल ‘सरुवा सूची’ बनाउन व्यस्त रहेको बताइएको छ । मन्त्रालय स्रोतका अनुसार हाल नगरपालिका र गाउँपालिकामा उपसचिव र शाखा अधिकृत दरबन्दी भएको ठाउ“मा पनि तल्ला तहका कर्मचारीले निमित्तका भरमा पालिकाको प्रशासनिक नेतृत्वका रूपमा काम गरिरहेका छन् ।

देशभरका ७ सय ५३ पालिकामध्ये झन्डै १ सय ८० पालिका निमित्तका भरमा छन् । पालिकाका कतिपय प्रमुखले आफूअनुकूलको काम गराउन स्थानीय तहकै कर्मचारीलाई निमित्तका रूपमा राखेर काम गराउने गरेका छन् । निमित्त राखिएका अधिकांश कर्मचारी प्रशासन सेवाबाहेकका कर्मचारी छन् । जबकि स्थानीय सरकार सञ्चालन ऐनमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अनिवार्य प्रशासन सेवाका कर्मचारीलाई दिनुपर्ने प्रावधान छ ।

तर, स्थानीय तहका पदाधिकारी, कर्मचारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको राजनीतिक नेतृत्वको मिलेमतोमा ऐनविपरीतको काम हु“दै आएको छ । यसक्रममा पनि ठूलै आर्थिक चलखेल हुने गरेको बताइएको छ ।तालुकदार मन्त्रालयका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐनविपरीत कृषि, स्वास्थ्य, पशु, शिक्षा, आयुर्वेद समूहका कर्मचारीलाई लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुलाई शंकास्पद रूपमा हेरि“दै आएको छ ।

मन्त्रालयले उनीहरूलाई ऐनविपरीत जिम्मेवारी दिनुका साथै आर्थिक अधिकारसमेत दिने गरेको छ । सामान्यतः कामु र निमित्तको जिम्मेवारी ६ महिनाभन्दा बढी दिनुहु“दैन । तर, मन्त्रालयले भने कैयौं पालिकामा वर्षौंदेखि निमित्तको जिम्मेवारी दि“दै आएको छ । मन्त्रीको दबाबमा मन्त्रालयले ‘गलत कार्य’ गर्दै आएको मन्त्रालयकै कर्मचारी दाबी छ । अहिले सहसचिव दरबन्दी रहेका कलैया, नेपालगन्ज, जितपुर सिमरा, घोराही, तुलसीपुरलगायतका उपमहानगरपालिकामा उपसचिव निमित्तका रूपमा छन् । जबकि केन्द्रमा दर्जनौं सहसचिव अझै कामविहीन भएर बरन्डामा बस्न विवश छन् ।

मन्त्रालयका अनुसार प्रशासन सेवा शाखा अधिकृत र उपसचिवमध्ये झन्डै सय कर्मचारी विभिन्न मन्त्रालयमा काम नपाएर बरन्डामा छन् । तर, संघीय मामिला मन्त्रालयले भने ती कर्मचारीलाई पालिकामा नपठाई ऐनविपरीत अन्य सेवा समूहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दि“दै आएको छ ।

ऐनविपरीत निमित्तको जिम्मेवारी दिने कार्यमा पनि मन्त्री श्रेष्ठकै रुचि रहेको बुझिएको छ । मधेस प्रदेशमा रहेका ५० प्रतिशत पालिकामा निमित्तको जिम्मेवारी दिइएको छ । मधेसमा प्रशासनबाहेक अन्य सेवाका व्यक्तिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन पनि सम्बन्धित ठाउ“मा ‘रकम’ बुझाउने गरेको र त्यसमध्ये केही रकम केन्द्रमा समेत आउने गरेको स्रोतको दाबी छ ।

अहिले काठमाडौंका विभिन्न होटलमा ‘डिल’ गर्ने गरिएको पीडित कर्मचारी बताउ“छन् । यसका लागि मन्त्री सचिवालयले बिचौलियासमेत प्रयोग गर्ने गरेका छन् । ती बिचौलियाले पैसा लिएर सरुवाको ‘सिक्वेन्स’ मिलाउने गरेका छन् ।

स्रोतका अनुसार बिचौलिया र मन्त्री सचिवालयका कर्मचारीको मिलिमतोमा विभिन्न स्थानमा सरुवा भइजाने कर्मचारी सूची बनाइने गरिएको छ । ती कर्मचारीसँग रकम असुली गरिएपछि सूची मन्त्रीमार्फत प्रशासनिक नेतृत्वसमक्ष पुग्ने गरेको छ ।

प्रशासनिक नेतृत्वले पनि मन्त्रीबाट सूची आएपछि बिनाअध्ययन सरुवा स्वीकृत गरी निरिहता प्रदर्शन गर्ने गरेको मन्त्रालयकै कर्मचारीको आरोप छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।