२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा छिटै संचालनमा आउने

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९


ABC-SANCHAR
गुल्मी । रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ ।

२०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले बताए ।

२०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो । तर पटक-पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन ।

गुल्मी रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ ।

२०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले बताए ।

२०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो । तर पटक-पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन ।

विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए यहाँका नागरिकहरू स्तरीय स्वास्थ्य सेवा लिन दुःख पाउनु नपर्नेस्थानीय मणि पाण्डेले बताए ।गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरू धेरै रहेकाले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए आन्तरिक तथा बाहृय पर्यटकहरू भित्रिने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

उनले निर्माण कम्पनीले समयमै काम नसक्नुले विमानस्थल बन्दैन भन्ने आशंका स्थानीयमा उब्जाएको बताए । तर अब निर्माणको काम सम्पन्न भए पनि प्राविधिक कामहरू पूरा गरेर सञ्चालनमा ल्याउनुपर्नेमा पौडेलले जोड छ ।

जिल्लामा स्वास्थ्य सेवाको पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको स्थानीय सीता बिकले बताइन् । उनले छिटो संचालनमा ल्याउन सकेमा स्वास्थ्य सेवा लिन सहज हुने बतायन् ।

रेसुङ्गा विमान स्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको रेसुङ्गा विमानस्थल गुल्मीका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।२०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको परियारले बताए ।

कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधीग्रहण गरिएको छ ।

सम्बन्धित निकायबीच सहकार्य गरेर छिटोभन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । निर्माण व्यवसायिका कारण निर्माण कार्यमा ढिला भए पनि उडान गर्ने कार्यमा ढिलाइ गर्न नहुने बताए ।
यस वर्षको वैशाखमा नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाइका कारण उडान हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।