३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकाले

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

ABC-SANCHAR
काठमाडौं । नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डा सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।

काठमाडौंकै एक १७ वर्षिया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट सफलतापुर्वक निकालिएको हो।

चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना भएको डा कुँवरले बताए। यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा कुँवरले निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी बिना शल्यक्रिया निकालेका हुन्।

डा कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे।

डा कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ। साइक्ट्रेकी इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको उनले बताए। तर, यस्तो बिरामीहरुलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ।’ डा. कुँवरले भने,‘आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिना शल्यक्रिया निकालिएको थियो। ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन,’ डा. कुँवरले भने,‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो।’
आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!