२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकाले

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

ABC-SANCHAR
काठमाडौं । नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डा सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।

काठमाडौंकै एक १७ वर्षिया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट सफलतापुर्वक निकालिएको हो।

चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना भएको डा कुँवरले बताए। यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा कुँवरले निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी बिना शल्यक्रिया निकालेका हुन्।

डा कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे।

डा कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ। साइक्ट्रेकी इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको उनले बताए। तर, यस्तो बिरामीहरुलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ।’ डा. कुँवरले भने,‘आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिना शल्यक्रिया निकालिएको थियो। ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन,’ डा. कुँवरले भने,‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो।’
आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!