२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

सामूहिक आक्रमणकाे घटनालाई दुर्घटना जस्ताे देखाउन खाेज्ने डिएसपी मल्लले बिफल पारे

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९


(महेन्द्र सिंह)
बाँके । बैजनाथ गाउँपालिका ४ को एलबी चोकस्थित रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरि गम्भिर घाइते बनाई सवारी दुर्घटनाको रुप दिन खोजिएको पाइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाए लगत्तै आक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
सोमबार विहान २ बजेतिर कुटपिटपछि विच सडकमा छोडिएका बैजनाथ ६ का मिलन भनिने क्षितिज खड्कालाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाएकोमा सोमबार विहान सिता एयरको एयर एम्बुलेन्स मार्फत राजधानीको वीर अस्पतालमा लगिएकोमा उपचारको क्रममा दिउसो निधन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनवहादुर मल्लले बताए ।
प्रहरीले घटनामा संलग्न बैजनाथ ३ का सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र वडा नम्बर ४ का गोविन्द विकलाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै युवकको उद्धारमा खटिएको ईलाका प्रहरी कार्यालयको टोलीले तीन घण्टामै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।
जन्मदिनको कार्यक्रम र कटेजमा राती अबेरसम्म मदिरा सेवन गरेका उनीहरुको विहान २ बजेतिर घर फर्किने क्रममा चिसापानीबाट पैदल कोहलपुर आउँदै गरेका खड्कासँग भेट भएको थियो । खड्काले वसपार्क जाने बाटो सोधेपछि विवाद उत्पन्न भएको प्रहरीसँग स्वीकार गरेका छन् । त्यसपछि चारैजनाले लाठी लगायतले खड्कालाई अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ । घटनालाई सवारी दुर्घटना जस्तो देखाउन उनीहरुले घटनास्थलबाट बोकी बीच भागमा राखी आ–आफ्नो घरमा सुत्न गएको कोहलपुर डिएसपी मल्लले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!