३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

सामूहिक आक्रमणकाे घटनालाई दुर्घटना जस्ताे देखाउन खाेज्ने डिएसपी मल्लले बिफल पारे

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९


(महेन्द्र सिंह)
बाँके । बैजनाथ गाउँपालिका ४ को एलबी चोकस्थित रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरि गम्भिर घाइते बनाई सवारी दुर्घटनाको रुप दिन खोजिएको पाइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाए लगत्तै आक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
सोमबार विहान २ बजेतिर कुटपिटपछि विच सडकमा छोडिएका बैजनाथ ६ का मिलन भनिने क्षितिज खड्कालाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाएकोमा सोमबार विहान सिता एयरको एयर एम्बुलेन्स मार्फत राजधानीको वीर अस्पतालमा लगिएकोमा उपचारको क्रममा दिउसो निधन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनवहादुर मल्लले बताए ।
प्रहरीले घटनामा संलग्न बैजनाथ ३ का सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र वडा नम्बर ४ का गोविन्द विकलाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै युवकको उद्धारमा खटिएको ईलाका प्रहरी कार्यालयको टोलीले तीन घण्टामै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।
जन्मदिनको कार्यक्रम र कटेजमा राती अबेरसम्म मदिरा सेवन गरेका उनीहरुको विहान २ बजेतिर घर फर्किने क्रममा चिसापानीबाट पैदल कोहलपुर आउँदै गरेका खड्कासँग भेट भएको थियो । खड्काले वसपार्क जाने बाटो सोधेपछि विवाद उत्पन्न भएको प्रहरीसँग स्वीकार गरेका छन् । त्यसपछि चारैजनाले लाठी लगायतले खड्कालाई अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ । घटनालाई सवारी दुर्घटना जस्तो देखाउन उनीहरुले घटनास्थलबाट बोकी बीच भागमा राखी आ–आफ्नो घरमा सुत्न गएको कोहलपुर डिएसपी मल्लले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!