२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीका पदक विजेता खेलाडीलाई आईजिपी राजु अर्यालले गरे सम्मान

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लबका पदक विजेता खेलाडीलाई सम्मान गरेका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई सम्मान गर्दै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्र शिक्षकहरुलाई धन्यवाद दिँदै नेपाल एपीएफ क्लबका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]