२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जनप्रतिनिधिहरुले गर्नुपर्ने काम प्रहरीले गाँजा नष्ट गर्दै हरेक काममा प्रहरी किन ?

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९


ABC (क्राईमबिट)
पर्वत । फलेवास नगरपालिका-७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका-५ र पैयु गाउँपालिका-६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लुंखुदेउराली, प्रहरी चौकी फलेवास, अस्थाई प्रहरी चौकी खानीगाउँ, अस्थाई प्रहरी पोष्ट भोर्ले, सम्बन्धित वडाका प्रतिनिधिहरु, स्थानीयबासीहरुको लगायतको सहभागितामा उक्त गाँजाका बोटहरू काटी उखेली नष्ट गरिएको हो ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागूऔषध तथा घरेलु हिंसाको पहिचान र न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सहित ती गाँजाका बोट समेत नष्ट गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।