२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका भाबी आईजिपीका लागि डिआईजीहरु प्रहरी हेट-क्वाटरमै धाउदै

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा सामान्यतया प्रदेश प्रहरीको इन्चार्जमा जान मरिहत्ते हुन्छ । कतिपय त आर्थिक चलखेल गरेर समेत जाने गर्दछन् । तर, यतिबेला प्रहरीमा अनौठो दृश्य देखिएको छ । डिआइजी बढुवामा सिफारिस भएकाहरु आफुलाई प्रदेश नपठाउन आग्रह गर्दै हिडेका छन् ।

गत साता बढुवा सिफारिस भएका १७ जना डिआइजीको यही साता पदस्थापन हुँदैछ । पदस्थापनमा उनीहरु प्रहरी प्रधान कार्यालय नै बस्न चाहेका छन् । अग्रस्थानमा डिआइजीमा बढुवा सिफारिस भएका चार जना बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह तथा दीपक थापाले प्रदेशमा नजाने भनेर प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई जानकारी गराएको स्रोत बताउँछ ।

यसको मुख्य कारण काठमाडौंमै बसेर भावी आइजिपीका लागि चलखेल गर्न हो । अबको ८ महिनापछि यही ब्याचमध्येबाट आइजिपी चयन हुँदैछ । सोही कारण उनीहरु केन्द्रमै बस्न चाहेका छन् ।

८ महिनापछि आइजिपी चयन हुनेभएपनि केही महिनापछि नै एआइजीमा बढुवा हुने अवस्था छ । हालका एआइजीमध्ये केही छिट्टै अवकाश पाउँदैछन् । विश्वराज पोखरेल २० साउनमा अवकाश पाउनेछन् । मुकुन्द आचार्यले भदौमा अवकाश पाउनेछन् ।

त्यस्तै, कात्तिकमा रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाउनेछन् । यसरी रिक्त हुने पदमा बढुवा हुनका लागि उनीहरु प्रदेश नजाने भएका हुन् । तर, प्रदेश समेत नचाएको व्यक्तिले कसरी प्रहरी नेतृत्व सम्हाल्न सक्छ भन्ने प्रश्न पनि उठेको छ ।

हुन त रिक्त हुने पदमा मुख्य दाबेदार अन्य तीन सिनियर डिआइजी छन् । नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहन आचार्य हाल प्रदेश इन्चार्जका रुपमा कार्यरत छन् । वरियताका आधारमा रिक्त हुने पदमा उनीहरु नै बढुवा हुनपर्ने हो । तर, नयाँ टोली बलियो भएकाले उनीहरुको सम्भावना कम छ ।विगतमा केपी शर्मा ओली सरकारले विश्वराज पोखरेललाई भावी आइजिपीमा सुनिश्चित गर्न दरबन्दी नै थपेर अनियमित तरिकाले उनको मात्र बढुवा गरेको थियो । तैपनि पोखरेल नियुक्त हुन सकेनन् । अहिले त्यसरी एकल बढुवा हुने सम्भावना कम रहेको स्रोत बताउँछ । चारै पद रिक्त भएपछि मंसिरमा बढुवा हुनसक्ने सम्भावना छ ।

हाल चार प्रदेशमा डिआइजी पद रिक्त छ । प्रदेश नम्बर १, बागमती, गण्डकी र कर्णाली रिक्त छ । यसमा नयाँ डिआइजीहरु जानेछन् ।

त्यस्तै, डिआइजी बढुवासँगै एसएसपी प्रमुख हुने महत्वपूर्ण कार्यालय रिक्त भएका छन् । काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालय, काठमाडौं परिसर, ट्राफिक महाशाखा, लागूऔषध नियन्त्रण ब्यूरो, विमानस्थल, मानव बेचबिखन अनुसन्धान ब्यूरा, भरतपुर तालिम केन्द्र लगायत छन् । यसमा बढुवामा छुटेका एसएसपीलाई पठाउने तयारी भइरहेको छ ।

जसमा विष्णु कुमार केसी, भरतकुमार बोहरा, कुबेर कडायत, केदार ढकाल, चन्द्रकुबेर खापुङ लगायत छन् । राजेश बाँस्तोलालाई विराटनगर तालिम केन्द्रमा पठाइएको छ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।