२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तुको ठाकुरापुर बन र प्रहरीको मिलिमताे रातमा अबैध काठ तस्करी जारी

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९


ABC (क्राईमबिट)
कपिलवस्तु । नेपाल-भारत सिमासंग सटेका संरक्षित जंगलबाट अवैधरुपले काठकाे व्यापक तस्करी हुंदा पनि सुरक्षा निकाय र बन कर्मचारी माैन बसेका छन ।
भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे परसुरामपुर घाट र नरायनापुर घाट हुँदै वारिका गेडुवाजाेत , मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि १२ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न कृष्णनगर इप्रका , गणेशपुर इप्रका र डालपुर सशस्त्र बीओपीकाे क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ ।

कृष्णनगर र विजयनगर गाउंपालिकाकाे भारतिय जंगलसंग जाेडिएका गाउँ गाउंमा काष्ठ उद्योग संचालनमा छन । तस्करहरुले ल्याएकाे अवैध काठ निशा काठ उधाेग , पुजारी काठ उधाेग ,लक्कि काठ उधाेग ,लालु काठ उधाेग र जमाल काठ उधाेग लगायत बार्डर नजिकका मिलहरुमा पुर्याउने गरेकाे स्राेतले जनाएको छ । केही दिन पहिला इप्रका कृष्णनगरकाे टाेलीले २५ क्विबफिट बेवारिसे काठ बरामद गरेकाे थियाे तरपनि अहिले निरन्तर काठ भित्रिरहेकाे स्राेतकाे दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]