२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

टेष्ट राइड’ गर्ने भनेर मोटरसाइकलसहित फरार भएका युवक कसरी पक्राउ परे?

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९

ABC (क्राईमबिट)
रूपन्देही । रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक असार १३ गते बिहान मोटरसाइकल मार्फत काठमाडौं जान भनेर हिँडे। विकको बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल आफ्नै हो। पासपोर्ट बनाउन भनेर उनी काठमाडौं जान लागेका थिए।

यात्राका क्रममा करिब पौने ११ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना रामापुरमा चिया पिउन रोकिए। मोटरसाइकल सडक छेउमै पार्किङमा थियो। त्यसैक्रममा एक अपरिचित स्थानीय एक किशोर नजिकै आए। कस्तो राम्रो बाइक भन्दै सुमसुम्याए। उनले आफूलाई उक्त मोटरसाइकल खुबै मन परेको कुरा गरे।

ती किशोरले आफूले बाइक किन्न चाहेको बताए। तपाईं यो बाइक बेच्नु हुन्छ? भनेर विकलाई सोधे।

विक पनि आफ्नो बाइक बेच्न खोजिरहेका थिए। किनकी उनी विदेश जाने मनस्थितिमा थिए। केही पैसा पुगेको थिएन। त्यही अपुग पैसाको जोहो गर्न बाइक बेच्ने निर्णयमा पुगे। त्यही उद्देश्यले असार १० गते मात्रै विकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मोटरसाइकलको फोटो राखेर एक लाख मूल्यमा बेच्न चाहेको भन्दै स्ट्याटस पनि लेखेका थिए।

विक र ती अपरिचित किशोरबीच कुरा भयो। उनीहरूबीच ९० हजारमा किनबेच गर्ने डिल पक्का भयो।

त्यसपछि ती किशोरले नाटक मञ्चन गरे।

खै कस्तो रहेछ भन्दै ‘टेस्ट राइड’ गर्न भनी चाँबी मागे। बाइक चलाएर अगाडि बढे। तर उनी फर्किएर आएनन्। नफर्किएपछि विक आत्तिए। के गरौं ? कसो गरौं, भयो।

त्यही बीचमा चिया पसलेले प्रहरीलाई सूचना दिन सुझाव दिए। सो बाहेक अरू विकल्प पनि थिएन।

उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण बताए। प्रहरीको आग्रहमा निवेदन दिए।

पीडित विकको जाहेरीका आधारमा दुई दिन खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थित भित्री सडकमा मोटरसाइकल चलाइरहेकै अवस्थामा ती किशोरलाई पक्राउ गर्न सफल भयो।

‘टेष्ट राइड’ गर्ने भनेर मोटरसाइकलसहित फरार भएका ती व्यक्ति सैनामैना नगरपालिका-८ का १८ वर्षीय किशोर भएको खुलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!