२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

टेष्ट राइड’ गर्ने भनेर मोटरसाइकलसहित फरार भएका युवक कसरी पक्राउ परे?

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९

ABC (क्राईमबिट)
रूपन्देही । रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक असार १३ गते बिहान मोटरसाइकल मार्फत काठमाडौं जान भनेर हिँडे। विकको बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल आफ्नै हो। पासपोर्ट बनाउन भनेर उनी काठमाडौं जान लागेका थिए।

यात्राका क्रममा करिब पौने ११ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना रामापुरमा चिया पिउन रोकिए। मोटरसाइकल सडक छेउमै पार्किङमा थियो। त्यसैक्रममा एक अपरिचित स्थानीय एक किशोर नजिकै आए। कस्तो राम्रो बाइक भन्दै सुमसुम्याए। उनले आफूलाई उक्त मोटरसाइकल खुबै मन परेको कुरा गरे।

ती किशोरले आफूले बाइक किन्न चाहेको बताए। तपाईं यो बाइक बेच्नु हुन्छ? भनेर विकलाई सोधे।

विक पनि आफ्नो बाइक बेच्न खोजिरहेका थिए। किनकी उनी विदेश जाने मनस्थितिमा थिए। केही पैसा पुगेको थिएन। त्यही अपुग पैसाको जोहो गर्न बाइक बेच्ने निर्णयमा पुगे। त्यही उद्देश्यले असार १० गते मात्रै विकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मोटरसाइकलको फोटो राखेर एक लाख मूल्यमा बेच्न चाहेको भन्दै स्ट्याटस पनि लेखेका थिए।

विक र ती अपरिचित किशोरबीच कुरा भयो। उनीहरूबीच ९० हजारमा किनबेच गर्ने डिल पक्का भयो।

त्यसपछि ती किशोरले नाटक मञ्चन गरे।

खै कस्तो रहेछ भन्दै ‘टेस्ट राइड’ गर्न भनी चाँबी मागे। बाइक चलाएर अगाडि बढे। तर उनी फर्किएर आएनन्। नफर्किएपछि विक आत्तिए। के गरौं ? कसो गरौं, भयो।

त्यही बीचमा चिया पसलेले प्रहरीलाई सूचना दिन सुझाव दिए। सो बाहेक अरू विकल्प पनि थिएन।

उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण बताए। प्रहरीको आग्रहमा निवेदन दिए।

पीडित विकको जाहेरीका आधारमा दुई दिन खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थित भित्री सडकमा मोटरसाइकल चलाइरहेकै अवस्थामा ती किशोरलाई पक्राउ गर्न सफल भयो।

‘टेष्ट राइड’ गर्ने भनेर मोटरसाइकलसहित फरार भएका ती व्यक्ति सैनामैना नगरपालिका-८ का १८ वर्षीय किशोर भएको खुलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।