२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

अख्तियारको इन्स्पेक्टर हु भन्दै ठगी गर्ने १ जना महोत्तरी प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९

ABC (क्राईमबिट)
महोत्तरी । विभिन्न नाकामा गई भारतबाट नेपाल आउने विभिन्न व्यक्तिहरूसँग रकम उठाउँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। भारतबाट पसलको सामान ल्याउने साना व्यवसायी तथा तथा घरायसी प्रयोजनका लागि भारतबाट सामान ल्याउने व्यक्तिहरूसँगसमेत रकम असुल गर्ने जलेश्वर नगरपालिका–१२, थरुवाहीनिवासी ३० वर्षीय रवि ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

सशस्त्र प्रहरीको बिओपी जलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले नाकामा अख्तियारको इन्स्पेक्टर बनेर विगत केही दिनदेखि एक व्यक्तिले यात्रु ठगिरहेको सूचना पाएपछि उनको कमान्डमा गएको पाँचजनाको टोली र प्रहरी चौकी नैन्हीबाट असई प्रभुनारायण यादवको टोलीले ठाकुरलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ भारतको नौबाही र नेपालतर्फको नैन्हीस्थित नाकामा पैसा उठाइरहेका ठाकुर भागेपछि उनलाई पछ्याएर पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीले जनाएको छ ।


उनीसँगै लोहारपट्टीको भ्रमरपुरानिवासी थप दुईजनालाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले समेत एक आरोपीसहित दुईजना सहयोगी भनिएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको भन्दै अनुसन्धानपछि मात्र केही भन्न सकिने बताए ।

पक्राउ परेका ठाकुरसँग उनकै नाममा रहेको नेपालका विभिन्न कागजातसहित भारतको आधार कार्ड र प्यान कार्डसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । ठाकुरले विगत केही समयदेखि महोत्तरीको सम्सी, भिठामोड, इटहर्वा, कट्टी, नैन्हीलगायतका विभिन्न नाकाबाट रकम उठाउने गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।