२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगन्जको न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९


ABC-SANCHAR
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्यूरोडको एक खण्डलाई भानुभक्त चोक नामाकरण गरिएको छ । चोको नामाकरण सहित न्युरोडको मध्य खण्डमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक शनिबार अनावरण समेत गरिएको छ ।

नयाँ नामाकरण गरिएको भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच आदिकवि भानभक्त आचार्यको शालिक अनावरण गरेका छन् । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि टुका पुर्व गर्भनर सेम शाक्य, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त शालिक निर्माण गरेको हो । भानुपार्कको डिजाईन इन्जिनीयर प्रदिप भण्डारीले गरेका हुन् भने भानुभक्तको मुर्ति मुर्तिकार महेश तुलाधरले निर्माण गरेका हुन् । अनावरणको अवसरमा डिजाईनर र मुर्तिकार द्वय भण्डारी र तुलाधरलाई सम्मान गरिएको थियो ।

शालिक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी समाजसेवी स्वर्गिय दामोदर आचार्यले ब्यक्तिगत रुपमा सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी, नेपालगन्ज २ का तत्कालिन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको आर्थिक सहयोगमा भानुभक्तको मर्तिर पार्कको निर्माण भएको क्लवका अध्यक्ष शिवप्रसाद दाहालले बताए । चोक र पार्कको शिलान्यास प्रदेश सरकारका मन्त्री सरेन्द्र हमालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]