२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका बढुवा भएका डीआईजी हरुले लगाए दर्ज्यानी चिह्न फुली

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका प्रहरी अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बढुवा भएका पदाधिकारीलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको थियो ।

 

बढुवा हुनेहरुमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैटौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी छन् ।

बढुवा हुनेहरुमा क्रमशः सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।