२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बर्दियाको मधुवनमा मल तस्करी भएको छैन, जनतालाई मल अभाव छ वडा-५ अध्यक्ष : गुरुङ

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९


(महेन्द्र सिंह)
बर्दिया । मधुवन नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष दिलिप गुरुङले मधुवनमा मल तस्करी नभएको भन्दै मिडियामा आएको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले मधुवन नगरपालिकाका खेतीकिसानी गर्ने जनताले मलको अभाव खेपिरहेको बताउँदै मिडियामा आए जस्तो मल तस्करी नभएको बताउनुभयो ।

उहाँले नेपालकागजसँग सम्पर्क गर्दै भन्नुभयो, “मधुवनको प्रहरी प्रशासनका कारण यहाँ हुने आपराधिक घटनामा कमी आएको छ । यहाँको अपराध नियन्त्रणमा सहयोग मिलेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैले पनि मल तस्करी गरेको छैन”

उहाँले भन्नुभयो, “मधुवनका कृषकहरु मल नपाएर समस्यामा छन । रोपाइ प्रभावित भएको छ । मधुवनमा हुने उछृंखल तथा आपराधिक घटनामा कमी आएको छ । प्रहरी प्रशासन दत्तचित्त भएर कर्तव्य पालनामा लागेको छ । यस्ता विषयमा पनि सम्पुर्ण मिडियालाई ध्यान केन्द्रीकृत गर्न अनुरोध गर्छु ।”

वडा अध्यक्ष गुरुङले मिडियामा कृषकका समस्यालाई प्राथमिकता दिन अनुरोध गर्दै भन्नुभयो, “मुख्य विषय कृषकलाई मलको अभाव छ । मल आपूर्ति गरेर सरकारले समयमै किसानलाई उपलब्ध गराउनुपर्‍यो । यो विषयमा मिडियाले ठाउँ दिनुपर्‍यो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।