२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आईजिपी सिंहले लुम्बिनी र सुदुरपश्चिम डिआइजी एसपी र डिएसपीहरु हेरफेर गर्दै.

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९


(सागर थापा)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीमा व्यापक हेरफेरको तयारी थालेका छन् । रिक्त पदमा बढुवा तथा अवधि पुगेकाहरुको सरुवा गरी प्रहरीमा ठूलो संख्यामा हेरफेर गर्न लागिएको छ । एआइजी बढुवापछि प्रहरीमा १७ जना डिआइजी पदमा बढुवा भए ।

प्रहरी महानिरीक्षक सिंहले लगत्तै केही प्रदेशमा डिआइजी खटिनेछन् । लुम्बिनी र सुदुरपश्चिममा डिआइजी पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ ।

त्यस्तै एसएसपी बढुवामा पनि चर्काे प्रतिस्पर्धा छ । एसएसपीका ३१ पद रिक्त हुँदैछन् । जसमा दानबहादुर कार्की, दीपक रेग्मी, दिनेश आचार्य, राजेन्द्र भट्ट लगायत पर्ने पक्का छ । त्यससँगै राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीको बढुवा गर्ने कि २०५६ मा भर्ना भएका एसपीलाई बढुवा गर्ने भन्ने अन्योल छ ।

राष्ट्रिय अनुसन्धानबाट आएको टोलीका कारण २०५४ र २०५६ मा इन्सपेक्टरबाट भर्ना भएका टोलीको करिअरमा असर परेको थियो । राअवि टोली छाडेर अहिले २०५६ को टोलीलाई बढुवा गरे उनीहरुमाथि परेको अन्याय हटाउने अवसर प्रहरी नेतृत्वसँग छ । तर, राअवि टोली पैसा र पहुँचमा अगाडि रहेकाले उनीहरु शक्तिशाली छन् । बढुवासँगै महत्वपूर्ण कार्यालयका इन्चार्ज पनि फेरिदै छन् । त्यस्तै एसपी र डिएसपी हुने केही जिल्लाको नेतृत्व पनि फेरिदैछ । दाङ बाँके,कास्की कपिलवस्तु सुनसरी पर्सा बारा लगायत जिल्लाका एसपीको एक वर्ष पुग्न लागेको छ ।

  1. कास्कीका लागि कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी लगायतको नाम चर्चामा छ । प्रहरी महानिरीक्षक सिंहले सरुवा–बढुवामा निष्पक्ष मूल्याङकन गरिने प्रतिबद्धता सार्वजनिक रुपमै व्यक्त गरेका छन् । त्यसकारण उनले विचौलियाको चलखेल रोक्न सक्छन् कि सक्दैनन् उनको लागि आगामी सरुवा बढुवा परीक्षा बन्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]