३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

भ्रामक समाचार प्रसारण गरेको आरोपमा जी न्युजका प्रस्तोता रोहित रंजन पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
काठमाडौं । भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी–न्युजका एंकर रोहित रंजन पक्राउ परेका छन् । उनलाई नोएडा प्रहरीले मंगलबार गाजियाबादबाट पक्राउ गरेको हो ।

केही दिन अघि रोहितले एक स्पेसल टिभी कार्यक्रममा नेता राहुल गान्धीको बयानलाई तोडमोड गरेर देखाएकाको आरोपमा राेहितविरुद्ध उजुरी दिएको भन्दै उनलाई पक्राउ गरेको थियो। भ्रामक खबर प्रसारणले नेता गान्धीको छवि बिगारेको भन्दै छत्तीसगढमा उजुरी परेको थियो ।

रोहितविरुद्ध राजस्थानमा पनि मुद्दा दर्ता भएको छ । पछि एन्कर रोहित रञ्जनले आफ्नो शोमा यसलाई मानवीय त्रुटि भन्दै माफी समेत मागेका थिए ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा […]

  काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजार लागतमा तरकारीखेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको […]

भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले […]

error: Content is protected !!