२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

अश्लील शीर्षक भिडियो राखेर प्रसारण गर्ने १ जना युट्युबर काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी-७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।

लामालाई युट्युबलगायत सामाजिक सञ्जालमार्फत अश्लील सामग्री प्रसारण गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले नियन्त्रणमा लिइएको ब्यूरोका एसएसपी नबिन्द अर्यालले जानकारी दिए ।

लामालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अनुसन्धान भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]