३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

९ जनालाई न्युजिल्याण्ड पठाउँछु’ भन्दै ६३ लाख ठगी गर्ने एक युवती पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । ‘न्युजिल्याण्ड पठाउँछु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया रहेकी छन् ।

दियाले सिन्धुली घर भएका नारायण बोगटीसहित ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार ९ जनाबाट ६३ लाख रुपैयाँ रकम असुलेर उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कपनस्थित निलोपुलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार न्युजिल्याण्डका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्ने र त्यहाँ १ लाख ७० हजारसम्म तलब हुन्छ भनेर उनले युवाबाट पैसा उठाउने गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!