०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

नेपाल प्रहरीको ६ जना एसएसपीको सरुवा अपराध अनुसन्धानमा जनक भट्टराई

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरूवा भएको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छन भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई पठाईएको छ ।

त्यसैगरी अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसी, लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनाल, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदी, विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । बिरगंज सङ्घीय सरकारको निर्णयअनुसार साउन १ गतेदेखि दुई भन्सार कार्यालय एकीकृत गरी वीरगञ्ज भन्सार कार्यालयको नाममा सेवा प्रवाह सुरु भएको छ । यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लाबेग्लै संरचनाका रूपमा सञ्चालित थिए । आईसीपीबाट मालवाहक सवारीसाधनमार्फत वैदेशिक व्यापारअन्तर्गत वस्तु आयात-निर्यात हुँदै आएको थियो […]

दाङ । बुधवार ईलाका प्रहरी कार्यालय भालुवाङको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुवाङ पुल्चोकमा चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ख ०२४५ नम्बरको यात्रुवाहक बस जाँच गर्दा भन्सार छली ल्याइएका १ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ बराबरको विभिन्न प्रकारका सामानहरू फेला पारी बरामद गरेको प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् । […]

  कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न […]

error: Content is protected !!