०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

सुरक्षा निकायमा भर्नादेखि अवकाशसम्म विभेद किन हुन्छ ?

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । वृत्तिविकाससम्बन्धी प्रावधान मात्रै होइन, सुरक्षा निकायबीच सेवा–सुविधा, रासनभत्ता, उपचार खर्चदेखि अवकाशका नियमसम्म असमानता

गुप्तचरमा ३० वर्षे सेवाहद हटाइयो, नेपाल प्रहरी र सशस्त्रमा कायमै
साढे तीन वर्षअघि सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवाहदको प्रावधान हटाएर ३२ वर्ष पुर्‍यायो । आवश्यकताका आधारमा भन्दै विशेष सेवा नियमावली संशोधन गरी यस्तो व्यवस्था गरिएको थियो । हाल संसद्मा विचाराधीन नयाँ ऐनको मस्यौदामा पनि ३० वर्षे सेवाहद हटाउने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र सशस्त्रमा भने ३० वर्षे सेवाहद हटाउनेबारे सरकारको खासै चासो छैन । यद्यपि, व्यक्तिविशेषको स्वार्थमा भने यसका लागि पटक–पटक लबिङ हुँदै आएको छ । खासगरी आइजिपीले अवकाश पाउने वेला हरेकपटकजसो यस्तो कोसिस हुने गर्छ ।

अवकाशको उमेरहदमा पनि फरक–फरक मापदण्ड
अवकाशको उमेरमा पनि संगठनअनुसार फरक–फरक मापदण्ड छ । नेपाल प्रहरी र सशस्त्रमा राजपत्रांकित श्रेणीको अवकाश उमेर ५३ देखि ५८ वर्ष छ । सेनाको राजपत्रांकितको अवकाशको उमेरहद भने ६१ वर्ष तोकिएको छ । यस्तो प्रावधानका कारण सैनिकले धेरै वर्षसम्म काम गर्न सक्ने, तर प्रहरीले नसक्ने भन्ने आमबुझाइ बनेको प्रहरी अधिकारीहरूको गुनासो छ । त्यस्तै, सेना र प्रहरी प्रमुखको पदावधि पनि फरक–फरक छ । नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकको पदावधि चार वर्ष र प्रधानसेनापतिको तीन वर्ष छ ।

सशस्त्रले रासनमा १९ प्रकारका खाद्यवस्तु पाउँछ, नेपाल प्रहरीले १६ मात्रै
नेपाल प्रहरी र सशस्त्रको रासनमा पनि विभेद छ । नेपाल प्रहरीभन्दा सशस्त्रका अधिकारीले तीन प्रकारका खाद्य वस्तु धेरै पाउँछन् । दुवै संगठनले रासनभत्ता तलबसँगै नगदमै दिन्छ । तर, सशस्त्रले १९ खाद्यवस्तु पाउँछन् भने नेपाल प्रहरीले अन्डा, कुखुराको मासु र बिस्कुटबाहेकका १६ खाद्य वस्तु मात्रै उपलब्ध गराउँछ । यस्तो प्रावधानले मूल्यांकनमा उनीहरूले कतिपय जिल्लामा कम रासनभत्ता पाउने गरेका छन् । ‘देशको कान्छो सुरक्षा संगठनभन्दा राज्यले हामीलाई धेरै पेल्ने काम गरेको छ,’ नेपाल प्रहरीका एक अधिकारीको गुनासो छ । सेनाले भने ठेक्कामार्फत रासन खरिद गरेर खुवाउँदै आएको छ । बढुवा हुँदा सेना र सशस्त्रमा विभूषणको नम्बर, प्रहरीमा हटाइयो
बढुवाको मूल्यांकन प्रणालीमा पनि सुरक्षा निकायका आ–आफ्नै प्रावधान छन् । नेपाल प्रहरीमा सय पूर्णांकमा ४० नम्बर कार्यसम्पादन, ज्येष्ठताको २२, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव ८, शैक्षिक योग्यताको १०, तालिमको ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीको ५ र बढुवा समितिले ७.५ नम्बर दिन्छ । सशस्त्रमा कार्यसम्पादन मूल्यांकनको ४०, ज्येष्ठताको २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको ८, शैक्षिक योग्यताको ७, तालिमको १३, विशेष जिम्मेवारीको ५ र विभूषणको २ नम्बर पाइन्छ । त्यस्तै, बढुवा समितिले ५ नम्बर दिन सक्छ । विभूषणले बढुवामा विकृति बढाएको भन्दै नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा त्यसको २ नम्बर हटाएर ज्येष्ठतामा जोडिएको छ । तर, सशस्त्रमा भने ‘विकृत’ प्रावधान कायमै छ । सेनाले कार्यसम्पादन मूल्यांकनमा ३३ र तालिमको ग्रेडिङमा २८ नम्बर राखेको छ । क्याडेट ज्येष्ठतामा १०, कायमी सेवाको १७, भौगोलिक क्षेत्रको अनुभव ६, विभूषणमा ३ र बढुवा समितिले ३ नम्बर दिने सक्ने प्रावधान छ ।

नेपाल प्रहरीमा उपचार खर्च पनि सशस्त्रको भन्दा कम
अवकाशपछि राज्यले दिने उपचार खर्चमा पनि सुरक्षा निकायहरूमा समानता छैन । सशस्त्रका कर्मचारीले नेपाल प्रहरीले भन्दा धेरै उपचार खर्च पाउँछन् । ३० वर्ष सेवा अवधि पूरा गरेर अवकाश पाउने नेपाल प्रहरीका कर्मचारीले नियमावलीअनुसार पाउने खर्चमा थप १० प्रतिशत उपचार खर्च पाउँछन् । तर, सशस्त्रका कर्मचारीले उपचार खर्च थप २० प्रतिशत पाउने व्यवस्था छ । यो विभेद हटाउन अदालतमा रिट नै परेको छ ।

तालिम भत्ता, ग्रेडदेखि अध्ययन वृत्तिसम्म पनि विभेद
दुई संगठनबीच तालिम भत्तामा पनि विभेद छ । सशस्त्रमा प्रशिक्षकका रूपमा खटिने कर्मचारीले तलबको १० प्रतिशत भत्ता पाउँछन् भने नेपाल प्रहरीमा प्रवचनको मात्र भत्ता दिने गरिएको छ । ग्रेडसम्बन्धी प्रावधानमा पनि भिन्नता छ । नेपाल प्रहरीमा पदोन्नति भएलगत्तै नयाँ ग्रेड पाइँदैन, थप एक वर्ष सेवा अवधि पूरा गरेपछि मात्र एक ग्रेड थप पाइन्छ । तर, सशस्त्र प्रहरीमा भने पदोन्नति भएलगत्तै नै थप ग्रेड थप दिइन्छ । सशस्त्रका कर्मचारीलाई अध्ययन वृत्ति सुविधा छ भने नेपाल प्रहरीलाई छैन । त्यस्तै, अवकाश हुने वेला सशस्त्रका एसपीसम्मले एक तह मानार्थ बढुवा पाउँछन् । नेपाल प्रहरीमा डिएसपीसम्मलाई मात्र यो सुविधा छ ।
नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!