२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जमुनाह बियोपी सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको ३ लाखको छुर्पी पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


(महेन्द्र सिंह)
बाँके । भारतबाट अबैध रुपमा खुलेआम जैसपुर प्रहरीको मिलोमतोमा लाखौंको छुर्पी सशस्त्र प्रहरी भन्सार जमुनाह बिओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमान्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी पक्राउ गरेको छ ।

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगन्ज १६ जयसपुर नाकाबाट मंगलबार दिउँसो भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ९० हजार रुपैयाँ बराबरको अवैध छुर्पी बरामद गरेको बताए ।

बरामद गरिएको सबै अवैध छुर्पीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]