०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चट्याङका कारण स्टेशनमा क्षति हुँदा इ-पासपोर्ट सेवा अवरुद्ध

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC-SAANCHAR
काठमाडौँ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षति पुग्दा खोटाङमा इ-पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ-पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुनः बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ-पासपोर्ट सम्बन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय इन्ट्रानेटमार्फत इ-पासपोर्टको कार्य हुँदै आएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!