२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीमा प्राविधिक इन्स्पेक्टरको बढुवा प्रक्रिया शुरु ७ दिनभित्र आवेदन

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीमा प्राविधिक समूह, स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको स्वास्थ्यतर्फको इन्स्पेक्टर पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले सशस्त्र प्रहरी बलमा प्राविधिक समूह, स्वास्थ्यतर्फको रिक्त इन्स्पेक्टर पदमा बढुवाका लागि बुधबार साँझ सूचना प्रकाशित गरेका छन् ।

डीआईजी खड्काले जारी गरेको सूचनामा प्राविधिक समूह, स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि ७ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । डीआईजी खड्का बढुवा समितिका सदस्य सचिव हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।