०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दा फेरि लम्बियो

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको चाड इदका अवसरमा आगामी २६ गते आइतबार सार्वजनिक विदा दिने घोषणा गरेसँगै आईजी धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई पछि सरेको हो ।

लगातार ४ पटकसम्म हेर्दाहेर्दैमा परेको उक्त रिटबारे आइतबार सुनुवाई नहुने भएपछि कहिले सुनुवाई हुने भन्ने निश्चित भइसकेको छैन ।

यसअघि १९ असारमा का.मु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएकोले थप सुनुवाईका लागि असार २६ गतेको पेशी तोकिएको थियो । २३ गते अर्थात् आजका लागि बहस नोट बुझाउने आदेश दिएको संयुक्त इजलासले २६ गतेका लागि पेसी तोकेको थियो ।

गत आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका थिए । आगामी पेसीमा विश्वराजका तर्फका वकिलहरूले जवाफ दिने तालिका रहे पनि सार्वजनिक बिदा परेकोले सो दिन बेञ्च बस्ने छैन ।

मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

पोखरेलले वैशाख १७ गतेदेखि एक महिना लामो बिदा लिएका थिए । त्यसपछि उनको बिदा सकिए पनि अहिलेसम्म उनी बिना बिदा स्वीकृति कार्यालयमा उपस्थित भएका छैनन् । प्रधान कार्यालयले भने पोखरेलले लामो समय बिना स्वीकृति कार्यालयमा उपस्थित नभएकोले स्पष्टीकरण सोध्ने तयारी गरिरहेको जनाइएको छ ।

कार्यालयले स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ दिन नसकेमा पोखरेलविरुद्ध कारबाही गर्न सक्ने र जागिरको उत्तरार्द्धमा आएर पोखरेलले आईजीका लागि गरेको ‘चलखेल’ नै ‘कालोधब्बा’का रूपमा लाग्न सक्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!