२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अबदेखि सबै सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९


ABC-SANCHAR
काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ ।

नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देव नागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रा.डा. हेमनाथ पौडेलले सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा हुनुपर्छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले लामो समयदेखि आवाज उठाउँदै आएको बताए । ‘राष्ट्रियता, संस्कृति र भाषासँग जोडिएको जल्दो बल्दो समस्याप्रति नेपाल प्रज्ञा प्रतिष्ठान गम्भीर रहेको छ’, उनले भने ।

प्रा.डा. पौडेलले नेपाली भाषा, संस्कृतिको संरक्षणको पक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानले काम गर्दै आएको बताए । उनले नम्बर प्लेट अङ्ग्रेजीमा राखे पनि नेपालीमा पनि राख्नुपर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले भाषाजस्तो संवेदनशील विषय संवैधानिक इजलासमा लगेर फैसला गर्नु गम्भीर विषय भएको बताए ।

‘इम्बोस्ड नम्बर प्लेटसम्बन्धी फैसला कानुन र संविधान विपरीत छ, उक्त निर्णय भाषालाई सिध्याउने प्रयास हो’, उनले भने । उनले उक्त फैसला कार्यान्वयन भए नेपाली भाषा सकिने बताए । वरिष्ठ अधिवक्ता श्रेष्ठले इम्बोड नम्बर प्लेटसम्बन्धी संवैधानिक इजालासले गरेको फैसला कानुन क्षेत्रमा गहिरो अध्ययनको क्षेत्र बनेको बताए ।

अधिवक्ताद्वय विनोद कार्की र रामेश्वर राउतले संविधानले नेपाली भाषालाई नेपालको कामकाजको भाषा हुनेछ भनेर स्पष्ट उल्लेख गरेकाले नेपाली सवारीसाधनमा पनि नेपाली भाषामा लेखिएको नम्बर प्लेट उल्लेख गर्नुपर्ने बताए ।

उनीहरूले सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय गरे पनि जनआवाजले त्यसलाई नमाने फिर्ता हुने तर्क गरे । नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, भाषाविद् शान्त बस्नेतलगायतले नेपाली भाषाको संरक्षण गर्नका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनीहरूले संविधान विपरीत गरिएका निर्णय मान्य नहुने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]