२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

फिल्ममा खेल्ने भन्दै १५ वर्षीय बालिका लाई भारतमा बेच्न लग्ने २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९


ABC (क्राईमबिट)
पर्सा । चलचित्रमा हिरोइन बनाइदिने प्रलोभन देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारतीयसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालिका-२ घर भइ हाल वीरगञ्ज महानगरपालिका-१६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् ।

भारतमा बेचिएकी बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन परेका हुन् ।

चमेली र रोशनले बालिकालाई गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर बेचेको प्रहरीले जनाएको छ । उनीहरुले बालिकालाई एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बालिकालाई खरिद गरेका भारतीय नागरिकले उनिसँग जबर्जस्ती विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको गरेको प्रहरीले जनाएको छ । बेचिएको लगभग ५ महिना पछि बालिका त्यहाँबाट मौका छोपी फरार हुन् सफल भइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]