२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

फिल्ममा खेल्ने भन्दै १५ वर्षीय बालिका लाई भारतमा बेच्न लग्ने २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९


ABC (क्राईमबिट)
पर्सा । चलचित्रमा हिरोइन बनाइदिने प्रलोभन देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारतीयसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालिका-२ घर भइ हाल वीरगञ्ज महानगरपालिका-१६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् ।

भारतमा बेचिएकी बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन परेका हुन् ।

चमेली र रोशनले बालिकालाई गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर बेचेको प्रहरीले जनाएको छ । उनीहरुले बालिकालाई एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बालिकालाई खरिद गरेका भारतीय नागरिकले उनिसँग जबर्जस्ती विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको गरेको प्रहरीले जनाएको छ । बेचिएको लगभग ५ महिना पछि बालिका त्यहाँबाट मौका छोपी फरार हुन् सफल भइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!