२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

समयमा तटबन्ध नहुँदा राजपुरको फोहोरा गाउँ डुबानमा,५ वर्षसम्म वडा अध्यक्षकै ध्यान पुगेन

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

 

(मेगमन बुढा)
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतीपुर,फोहोरा गाउँ डुबानमा परेको छ । उक्त बस्तीमा अहिले मुङ्ग्रेठा खोलाको भेल पसेर डुबानमा परेको हो ।

त्यस्तै सो गाउँको बाटोभएर दैनिक सम्बन्धित सरोकारवाला निकायका प्रमुख ब्यक्तिहरु आवतजावत गर्छन् तर उनको पनि अहिलेसम्म उक्त बस्तीमा ध्यान पुग्न नसकेको सो गाउँका युवा अम्रेश यादवले बताए ।

यादवले भने हामीले उक्त स्थानमा दोहोरो तटबन्धको लागि वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष र सांसदलाई समेत सिफारिस गरेउ तर अहिलेसम्म कसैले पनि वास्ता गरेनन् ,त्यसको फल स्वरुप आज बस्ती डुबानमा पर्‍यो । सो स्थानमा समयमा दोहोरो तटबन्ध भएको भए सायद आज यसरी यहाँका जनताले दुख पाउनु पर्दैनथ्यो होला यादवले भने ।

यादवका अनुसार अहिले उक्त बस्तीमा मुङ्ग्रेठा खोलाले मात्रै त्यति धेरै क्षति पुर्‍याइरहेको छ । त्यस बस्तीमा करङ्गा खोलाले पुर्वबाट पश्चिम् तिर जुन हुलाकी सडक पर्छ । सो सडकलाई काटेर मुङ्ग्रेठा खोलासंग मिसिन लागेको छ । अब धेरै छैन जम्मा ५ मिटर जति छ,मुङ्ग्रेठा खोलासंग करङ्गा खोला मिसिनको लागि’यदि मुङ्ग्रेठा खोलासंग मिसियो भने पुरै दुई सय बस्ती डुबानमा पर्ने यादवले बताए ।

राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवको घरपनि सोही गाउँमा पर्छ तर उनको पनि सो कटान र डुबानमा ध्यान पुग्न सकेको छैन । यादव यस अघिको वडा अध्यक्ष थिए भने अहिलेपनि निर्वाचित भएर सो वडाको अध्यक्ष भएका छन् । तर यादवले अहिलेसम्म केही पहल नगरेको स्थानीय बासिले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]