२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मानव कल्याण समाज दाङको आफ्नै नयाँ भवनको मेयर चौधरीद्वारा उद्घाटन गृह प्रवेश

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

(सागर थापा)

दाङ । मानव कल्याण समाज घोराही
दाङ शाखाले शाखा स्थापना २ वर्षमा नै भाडाको घरबाट मुक्त भै आफ्नै घरमा आमाबुवालाई गृहप्रबेश गराएको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीज्युको प्रमुख आतिथ्यतामा नयाँ घर उद्घाटन तथा गृह प्रबेश कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रममा मेयर चौधरीले यस्तो काम गर्ने सस्था धेरै आए तर दिगो रुपमा सेवा गर्ने सस्था मानव कल्याण समाज नै रहेको र यस सेवाको प्रसम्सा गर्ने आफुसङ्ग शब्द नै नरहेको बताउनु भयो साथै अब धेरै समय यो अस्थायी घरमा बस्नु नपर्ने, सबैको सहयोगमा स्थायी भवन निर्माणको पहल गर्ने समेत बताउनुभएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डे पुर्व वडा अध्यक्ष चित्र बहादुर डागी घोराही १४ का पुर्व वडा अध्यक्ष शक्तिराम डागिज्यु, नागरिक समाजका पुर्व अध्यक्ष चन्द्र राज पन्त पतन्जली योग समिती नेपाल लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह सिद्धरत्न कलेजका सहायक प्रधानाध्यापक भुप बहादुर रावत नारायणपुर उध्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत नेपाल भारत मैत्री संघ दाङका अध्यक्ष शिशिर लम्साल लगायतले मन्तव्य राख्दै मानव कल्याण समाजलाई सस्थागत र व्यक्तिगत रुपमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएक थियो । सक्षम वडास्तरीय महिला समुक, दाङ महिला जेशिज, ब्रम्ह कुमारी इश्वरीय विश्व बिद्यालय जिल्ला प्रहरी कार्यालय दाङ एबिसी संचार र न्युज 24 ग्यालेक्सी लागायतको उपस्थिती रहेको थियो ।

मानव कल्याण समाजको सेवाबाट प्रभावीत भै श्री चन्द्र राज पन्तज्युले नगद रु.१,००,०००/- (एक लाख मात्र), जंग बहादुर पुनले रु.५१,०००/- (एकाउन्न हजार मात्र), अभियान बस्नेतले रु.२५,०००/- (पचिस हजार मात्र), भुप बहादुर रावतले २००० थान इट्टा, लोक प्रसाद भट्टराईले रु.५,०००/- (पाच हजार मात्र), अमृता गुप्ताले रु.१,००५/- सहयोग गर्नुभएको थियो भने सेवा घरलाई सहयोग गर्नुहुने सस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

मानव कल्याण समाज दाङले यस मानवीय कल्याणको कार्यमा साथ, सहयोग र शुभाव अर्पण गर्दै हामी युवाहरुलाइ यस सेवामा अघि बढ्न उत्प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण मानवीय मनहरुमा हार्दिक धन्यवाद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!