२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घाेराही खानेपानीको अध्यक्षमा पुन :डिसी लगायत पुरा गठबन्धन प्यानल विजयी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

ABC-SANCHAR
दाङ । घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे अध्यक्षमा देवीबहादुर डिसी (देवी वकिल) पुन: विजयी भएका छन् । डिसीले गठबन्धन प्यानलकाे नेतृत्व गरेका थिए । डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता तथा संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले १०८५ मत प्राप्त गरेका छन् ।

डिसी संस्थामा साताैँ कार्यकालका लागि निर्वाचित भएका हुन् । २०६० सालदेखि डिसीले संस्थामा निरन्तर नेतृत्व गर्दै आएका छन् ।

वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेय १८८२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार नरबहादुर बुढाथोकीले १२९७ मत लिएका छन् ।

महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती राेका मगर १६९७ मत लिई विजयी भएकी छन् भने संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीसिंह ठकुरीले १३९८ मत लिएकी छन् ।

सचिवमा गठबन्धन प्यानलका धर्मेन्द्र श्रेष्ठ १८२६ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार दिपक कुमार श्रेष्ठले १२९८ मत लिएका छन् ।

काेषाध्यक्षमा गठबन्धन प्यानलका ध्रुव केसी २१९२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार सानुमाया अधिकारीले ८९८ मत लिएका छन् ।

महिला सदस्यमा गठबन्धनका खुमा खड्काले २१६७, विन्दु पाण्डेयले १८७० र यशोदा पाण्डेयले १६६८ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै संयुक्त प्यानलका ज्योती रोका मगरले १०६६, देवकला पाण्डेले ११४३ र लक्ष्मी अधिकारीले १२६० मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा गठबन्धन प्यानलका किशोर आचार्य २०९२,युवराज आचार्यले १६१० र दिनेश वली १४७२, मत लिई विजयी भएका छन् ।

संयुक्त प्यानलका महेश न्यौपानेले १०११, हरि खरेलले १२०१ र सुनिल बनियाँले ७९१, मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका नारायण लामिछानेले ६६५ मत प्राप्त गरेका छन् ।

संस्था २०५३ सालमा स्थापना भएकाे हाे । संस्थाकाे संस्थापक अध्यक्ष यज्ञबहादुर बुढाथोकी (हाल स्वर्गीय ) थिए । नव निर्वाचित डिसी २०५३ सालमा सदस्य पदमा रही काम गरेका थिए । २०५७ सालमा मधुसुदन पाैडेल अध्यक्ष भएका थिए भने डिसी दाेस्राे कार्यकालमा पनि सदस्य रही काम गरेका थिए । २०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाकाे नेतृत्व गर्दै आएका छन् । डिसी आम उपभोक्ताका माझ `पानी बा´ नामले परिचित छन् ।

संस्थामा नयाँ नेतृत्वका लागि हिजाे शनिबार मतदान भएकाे थियाे । कुल ७ हजार १ सय २३ मतदाता रहेकाेमा ३ हजार ५ सय ६५ मत खसेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]