२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके, पर्सा, कञ्चनपुर, झापा र संखुवासभाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय जीबन लामिछानेलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम ९५० मिलिग्राम उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१५ बस्ने ३७ वर्षीय गौरी शंकर सिंहलगायत छन्। उनीहरुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट ५ ग्राम ६२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय अनुप प्रधान रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अनुपको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–३ माल्टा खोला नजिक सडकबाट ४ किलो ४२० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने ३० वर्षीय बबी गुरूङ लगायत छन् ।
बा.६९ प १८९८ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट सुमन चोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]