२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गर्मी बढेपछि पर्साका विद्यालयहरु बन्द

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

ABC-SANCHAR
पर्सा । पछिल्लो केहि दिनदेखि तराई मधेश क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द गरीएको छ ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै भोली बुधबारदेखि शुक्रबारसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ ।

असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अत्याधिक गर्मीको कारणले बालबालिकाहरुमा पर्ने जाने प्रतिकुलतालाई मध्य नजर गर्दै वीरगञ्जका मेयर राजेशमान सिंहको विशेष निर्देशनमा ३ दिनका लागि विद्यालय बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।

वीरगञ्जमा केहि दिनदेखि बढेको अत्यधिक गर्मीले दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । आकाशमा बादल देखा परे पनि पानी पर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]