०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

घोराही खानेपानी संस्थाका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

ABC-SANCHAR
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज घोराहीमा एक कार्यक्रम गरी संस्थाको आठौं अधिवेशन अन्तर्गत यही असार २५ गते सम्पन्न भएको चुनावबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराई पद हस्तान्तरण गरिएको हो ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत दिपक कुमार रेग्मीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कार्यक्रममा बोल्दै घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराहीमा खानेपानीको अभाव हुन नदिने बताउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले पानीको सहज व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । घोराही क्षेत्रमा सम्भाव्य पानीको अभावलाई परिपूर्ति गर्नका लागि बबईबाट पानी लिफ्टिङ गरी घोराही क्षेत्रमा ल्याउने योजना रहेको र कोरोना भाइरस महामारीका कारण समयमै बबईको पानी लिफ्टिङ गरी व्यवस्थापन गर्ने कार्य सम्पादन गर्न नसकेपनि अब तत्काल यो योजना सुरू हुने उहाँले बताउनुभयो ।

उहाँले चुनावी मैदानमा उभिदा राजनितिक दलबाट देखिएपनि खानेपानीको सहज व्यवस्थापनका लागी आफु सधै साझा भएर काम गर्ने र काम गर्दा सबै राजनितिक दलको सहयोग मिल्ने विश्वास राखेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले दाङका जिल्ला सदस्य विवेक श्रेष्ठ, नेपाली काङ्ग्रेसका नेता भूपबहादुर डाँगी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादी दाङका गुरूप्रसाद केसी महरा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जिल्ला समन्वय समिति दाङका सदस्य जुनु बुढा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भणडारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीलगायतले उपभोक्ता मैत्री बनेर खानेपानीको व्यवस्थापन र वितरणलाई प्रभावकारी बनाउनु अहम भुमिका खेल्न अग्रह गर्नुभयो । संस्थाको हालै सम्पन्न निर्वाचनबाट देवीबहादुर डिसी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा हेमन्ती रोका मगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा ध्रुव केसी निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा खुमा खड्का, विन्दु पाण्डेय र यशोदादेवी पाण्डेय निर्वाचित हुनुभएको हो ।

खुला सदस्यमा किशोर आचार्य, युवराज आचार्य र दिनेश वली निर्वाचित हुनुभएको छ । कार्यक्रम प्रमुख निर्वाचन अधिकृत दिपक कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

निर्वाचन अधिकृत भूपबहादुर केसीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत निर्मल गौतमले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!