२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रिय अनलाईन पत्रकार संघका पत्रकार हरुलाई ग्रीनसिटी अस्पतालले निशुल्क उपचार गर्ने

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९


(सागर थापा)
काठमाडौं । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा आज सम्झौता भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर आजैबाट २ बर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो ।
सम्झौता को बारेमा बोल्दै ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले यो भन्दा अगाडी पनि अस्पतालले आफ्नो सेवामुलक ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तरगत गर्नुपर्ने सबै काम गरीरहेको र राज्यको चौथो अंग कोरुपमा रहेको संचार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताउनु भयो ।
नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले यस्ता सामाजिक सेवा अन्तरगत लिन मिल्ने सेवा र सुबिधा हरुलाई पत्रकारको पहुँच सम्म पुर्याउन सके पत्रकारको जीवनस्तर उठाउन मद्यत पुग्ने हुनाले अब नोजाको पहलमा बिभिन्न संघ संस्था ,कम्पनि तथा सेवाहरुमा सम्झौता गरेर नोजालाई ब्यबस्थित बनाएर अगाडी लैजाने सोचका साथ यो कार्यलाई अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा रे टेलिभिजन , सारा खबर , राष्ट्रिय खवर , ए बि सि टेलिभिजन, साझा सवाल डटकम , मुग्लानी खवर लगाएतका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको बिशेष सिफारीसको आधारमा निशुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ ।
सम्झौता अनुसार नोजामा आबद्ध मिडियाहरुले अस्पतालको बिज्ञापनमा ५० प्रतिशत छुट सहित प्रकाशन गर्नुपर्ने छ ।
यस्ता सम्झौता हरुबाट श्रमजिवि पत्रकार हरुले अकालमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट मुक्तहुने तथा पत्रकारको जिवन स्तर उठाउन समेत मद्यत पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाको दावी छ । यता राष्ट्रिय अनलाईन पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सागर थापाले लुम्बिनी प्रदेश भित्रका सम्पूर्ण आबद्ध अनलाईनका पत्रकारहरु लाई उपचारमा हस्पिटलबाट पाउने सेवा र छुट सुबिधा लिन सक्नुहुने छ । भन्दै राष्ट्रिय अन्लाईन पत्रकार संघ लुम्बिनी प्रदेश दाङमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]