२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सामाजिक सञ्जालमा अरुको चरित्र हत्या गरेको आरोपमा २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ती नाबालिकाहरूको फेसबुक एकाउन्ट खोली अश्लिल शव्द प्रयोग गरी पीडित नाबालिकाहरुको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाउने तथा नावालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, सामाजिक सञ्जालमा बैदेशीक रोजगारीको सिलसिलामा ओमानमा रहेकी नेपाली महिलाको फेसबुक एकाउन्ट खोली महिलाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा रुपन्देही सैनामैना नगरपालिका-४ मुर्गिया घर भएका ३६ वर्षीय जिवन दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

जिवनले वैदेशीक रोजगारीमा रहेकी आफ्नै श्रीमतीको सामाजिक सञ्जालमा फोटोमा अश्लिल क्याप्सन राखी सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरी चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!