२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतको दिल्लीमा एउटै अटो रिक्सामा २७ यात्रु बोक्ने अटो चालक पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९


ABC-SANCHAR
नयाँ दिल्ली । एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्क परेका थिए ।

अटोरिक्साबाट बालबालिका र बृद्धबृद्धासहित २७ जना ओर्लेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रत्येक यात्रुलाई गाडीबाट बाहिर निस्किँदा गणना गरिरहेको देख्न सकिन्छ । सामान्यतया अटोरिक्सामा तीन जना मानिस अट्छन् । तर, केहीलाई ६ जनासम्म यात्रु अट्ने गरी मोडिफाई गरिएको हुन्छ ।

भीडभाड भएको गाडीको घटना भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको फतेहपुर शहरको हो । मिडिया रिपोर्टअनुसार प्रहरीले अटोरिक्सालाई धेरै तीव्र गतिमा चलेको भन्दै रोक्न खोज्दा चालकले तीव्र गतिमा भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले पछ्याएर जबरजस्ती रोक्न लगाएको थियो ।

‘रिक्साभित्र दुई दर्जनभन्दा बढी यात्रुहरू देखेर प्रहरी छक्क परेको थियो’फतेहपुरका प्रहरी उपरीक्षक राजेश कुमारले भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियालाई भने ।

तीब्र गतिमा चलाएको र ओभरलोड गरेको अभियोगमा प्रहरीले अटोरिक्सा नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा हजारौँ पटक हेरिएको छ । धेरै ट्विटर प्रयोगकर्ताहरूले हास्यास्पद प्रतिकृया दिएका छन् । कतिपयले यो घटना ‘विश्व रेकर्ड’ का लागि योग्य बताएका छन् भने अरूले यसलाई भारतमा अपर्याप्त सवारी साधनको परिणामको रूपमा लिएका छन् ।

अटोरिक्सा भारतमा यातायातको लोकप्रिय माध्यम हो । सर्वव्यापी भए पनि तिनीहरू महँगो छन् र बसले भन्दा धेरै गुणा बढी भाडा लिएका छन् । केही वर्षअघि भारतका लागि मेक्सिकोका राजदूत दिल्लीमा यात्रा गर्दा कारको सट्टा अटो रिक्सा प्रयोग गरेपछि चर्चामा आएका थिए । -एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]