२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

निलम्बित कार्यकारी अध्यक्ष अधिकारीको घुसको पैसा अस्ट्रेलिया बैंकमा जमा

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

ABC-SANCHAR
काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग आज (बिहीबार) पनि बयान लिइएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले असार २८ गते छानविन प्रतिवेदन झिकाउने आदेश दिएपछि अधिकारीसँग आज पनि बयान लिइएको पर्यटन मन्त्रालय स्रोतले दृष्टिन्युजलाई बताएको छ ।

निगमको कार्यकारी अध्यक्षलाई भ्रष्टाचार गरेको आरोपमा छानविन गर्न गत असार ६ गते पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई हानी नोक्सानी पुर्याउने काम गरेकाले उनीमाथि मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको थियो । तर, अधिकारीले जवाफमा पनि धेरै कुरा ढाँटेको र प्रमाण लुकाउन सक्ने देखिएकाले उनलाई निलम्बन गरेर कारबाही अगाडि बढाएको थियो ।

मन्त्रिपरिषदले असार ६ गते गरेको निलम्बनको विरुद्ध सर्वोच्च अदालतका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको इजलासले अल्पकालीन आदेश दिँदै उनको निलम्बन फुकुवा गरिएको थियो ।

मन्त्रालयको बयानका क्रममा पनि अधिकारीले धेरै कुरा ढाँटेको पाइएकाले बयान लिने सदस्यहरु हैरान भएका छन् । जे कुरा पनि ढाँट्ने र बयानका क्रममा रुने गरेको स्रोतले बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार पेसेन्जर सर्भिस सिष्टम (पीएसएस)को ठेक्का सम्झौतामा कार्यकारी अध्यक्ष अधिकारीले एचआईटिआईटी टर्कीको कम्पनीसँग मोटो रकम कमिशन खाएको प्रमाण फेला परेको छ ।
स्रोतका अनुसार पीएसएसका लागि खोलिएको टेण्डरमा ७ वटा कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये दुई वटा कम्पनीलाई मात्र प्रि–क्वालिफाई गरिएको थियो । पीएसएसका लागि सबैभन्दा योग्य हङकङको स्काई ट्राभल नामक कम्पनी थियो ।

सुरुमा स्काईले ९५ अंक पाएको थियो । ७० अंक आउनुपर्ने उक्त टेण्डरको मापदण्डमा स्काई ट्राभलले राम्रो अंक ल्याएपछि दोस्रो पटकको मूल्याँकनमा स्काई ट्राभललाई ६९.४४ प्रतिशत अंकमा झारियो र ८०.७१ अंक दिएर टर्कीको कम्पनी एचआईटीआईटीलाई उक्त ठेक्का पाँच वर्षका लागि ४१ लाख ४४ हजार ४ सय ६४.४३ अमेरिकी डलरमा सम्झौता गरियो ।

निगम स्रोतका अनुसार टर्कीको एचआईटीआईटी कम्पनीसँग सम्झौता गर्नु अगाडि कमिशनको ग्यारेन्टीका लागि ९ जनवरी २०२२ मा कर्मशियल डाइरेक्टर जनकराज कालाखेतीलाई टर्की पठाइएको थियो । र, कमिशन जम्मा गर्न अष्ट्रेलियाको वेस्ट प्याक बैंकमा जनता सेवा प्रालिको नाममा खाता खोलियो । उक्त बैंकको खाता नम्बर ९७९३२० एबीडी नम्बर ०३२०५५ हो ।

अधिकारीले टर्कीको कम्पनीबाट लिएको कमिशन यसै खातामा जम्मा गरेको स्रोतको भनाइ छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरेको स्रोतले बताएको छ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!