२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

निलम्बित कार्यकारी अध्यक्ष अधिकारीको घुसको पैसा अस्ट्रेलिया बैंकमा जमा

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

ABC-SANCHAR
काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग आज (बिहीबार) पनि बयान लिइएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले असार २८ गते छानविन प्रतिवेदन झिकाउने आदेश दिएपछि अधिकारीसँग आज पनि बयान लिइएको पर्यटन मन्त्रालय स्रोतले दृष्टिन्युजलाई बताएको छ ।

निगमको कार्यकारी अध्यक्षलाई भ्रष्टाचार गरेको आरोपमा छानविन गर्न गत असार ६ गते पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई हानी नोक्सानी पुर्याउने काम गरेकाले उनीमाथि मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको थियो । तर, अधिकारीले जवाफमा पनि धेरै कुरा ढाँटेको र प्रमाण लुकाउन सक्ने देखिएकाले उनलाई निलम्बन गरेर कारबाही अगाडि बढाएको थियो ।

मन्त्रिपरिषदले असार ६ गते गरेको निलम्बनको विरुद्ध सर्वोच्च अदालतका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको इजलासले अल्पकालीन आदेश दिँदै उनको निलम्बन फुकुवा गरिएको थियो ।

मन्त्रालयको बयानका क्रममा पनि अधिकारीले धेरै कुरा ढाँटेको पाइएकाले बयान लिने सदस्यहरु हैरान भएका छन् । जे कुरा पनि ढाँट्ने र बयानका क्रममा रुने गरेको स्रोतले बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार पेसेन्जर सर्भिस सिष्टम (पीएसएस)को ठेक्का सम्झौतामा कार्यकारी अध्यक्ष अधिकारीले एचआईटिआईटी टर्कीको कम्पनीसँग मोटो रकम कमिशन खाएको प्रमाण फेला परेको छ ।
स्रोतका अनुसार पीएसएसका लागि खोलिएको टेण्डरमा ७ वटा कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये दुई वटा कम्पनीलाई मात्र प्रि–क्वालिफाई गरिएको थियो । पीएसएसका लागि सबैभन्दा योग्य हङकङको स्काई ट्राभल नामक कम्पनी थियो ।

सुरुमा स्काईले ९५ अंक पाएको थियो । ७० अंक आउनुपर्ने उक्त टेण्डरको मापदण्डमा स्काई ट्राभलले राम्रो अंक ल्याएपछि दोस्रो पटकको मूल्याँकनमा स्काई ट्राभललाई ६९.४४ प्रतिशत अंकमा झारियो र ८०.७१ अंक दिएर टर्कीको कम्पनी एचआईटीआईटीलाई उक्त ठेक्का पाँच वर्षका लागि ४१ लाख ४४ हजार ४ सय ६४.४३ अमेरिकी डलरमा सम्झौता गरियो ।

निगम स्रोतका अनुसार टर्कीको एचआईटीआईटी कम्पनीसँग सम्झौता गर्नु अगाडि कमिशनको ग्यारेन्टीका लागि ९ जनवरी २०२२ मा कर्मशियल डाइरेक्टर जनकराज कालाखेतीलाई टर्की पठाइएको थियो । र, कमिशन जम्मा गर्न अष्ट्रेलियाको वेस्ट प्याक बैंकमा जनता सेवा प्रालिको नाममा खाता खोलियो । उक्त बैंकको खाता नम्बर ९७९३२० एबीडी नम्बर ०३२०५५ हो ।

अधिकारीले टर्कीको कम्पनीबाट लिएको कमिशन यसै खातामा जम्मा गरेको स्रोतको भनाइ छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरेको स्रोतले बताएको छ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]